You are viewing the translated version of करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण.

Section 5
करयोग्य आय र आयका शीर्षकहरुको वर्गीकरण
कुनै व्यक्तिको कुनै आय वर्षको करयोग्य आय सो वर्षमा देहायका प्रत्येक आयका शीर्षकहरुको निर्धारणयोग्य आयको कुल जम्मा रकमबाट दफा १२, १२क., १२ख., १२ग. वा यी सबै बमोजिम कुनै दाबी गरेको रकम भए सो रकम घटाई गणना गरिएको रकम बराबर हुनेछः-

(क) व्यवसाय,

(ख) रोजगारी,

(ग) लगानी, र

(घ) आकस्मिक लाभ ।